अप्पर लोहोरे खोलाको आईपीओ ३ गुणा बढी माग, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
शनिबार, २० साउन २०८०, १० : ४४
काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावरको साधारण सेयर (आईपीओ)मा ३.७१ गुणा बढी आवेदन परेको छ । सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा मागभन्दा ३.७१ गुणा बढीको आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणका लागि भनेर १९ लाख ५३ हजार २५९ कित्ता सेयर बिक्री खुलाएको थियो । जसमा ६ लाख ३६ हजार लगानीकर्ताबाट ७२ लाख ६४ हजार ९४० कित्ता सेयरका लागि आवेदन परेको हो ।
हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रमा नबिकेको सेयरसहित थपेर सर्वसाधारणलाई बिक्री खुलाएको थियो । आईपीओमा आवेदन दिने मिति यही साउन २२ गतेसम्म छ । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाखको ३९ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री खुलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण