मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अप्पर लोहोरे खोलाको आईपीओ ३ गुणा बढी माग, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

शनिबार, २० साउन २०८०, १० : ४४
शनिबार, २० साउन २०८०

काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावरको साधारण सेयर (आईपीओ)मा ३.७१ गुणा बढी आवेदन परेको छ । सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा मागभन्दा ३.७१ गुणा बढीको आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि भनेर १९ लाख ५३ हजार २५९ कित्ता सेयर बिक्री खुलाएको थियो । जसमा ६ लाख ३६ हजार लगानीकर्ताबाट ७२ लाख ६४ हजार ९४० कित्ता सेयरका लागि आवेदन परेको हो ।

हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रमा नबिकेको सेयरसहित थपेर सर्वसाधारणलाई बिक्री खुलाएको थियो । आईपीओमा आवेदन दिने मिति यही साउन २२ गतेसम्म छ । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाखको ३९ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री खुलाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप