मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा एक महिलाको शव फेला

शनिबार, २० साउन २०८०, १३ : २०
शनिबार, २० साउन २०८०

जनकपुरधाम । धनुषामा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीथान सामुदायिक वन जलदले खोलाको डाँडामा शुक्रबार साँझ महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ।

नामथर वतन नखुलेको अन्दाजी ३५–३६ वर्षीया महिलाको शव सडिगली औंसा परी चिन्न नसकिने अवस्थामा रहेको प्रमुख प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप