वैदेशिक रोजगारसम्बन्धी तालिम प्रदायकसँग कर्मचारी विवरण माग
काठमाडौँ । वैदेशिक रोजगार विभागले विभागबाट अनुमतिप्राप्त गरी सञ्चालनमा रहेका वैदेशिक रोजगारसम्बन्धी काम गर्न इजाजतवाला अभिमुखीकरण तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग गरेको छ ।
तालिम प्रदायक संस्थाले तोकिएको मापदण्डअनुसार काम नगरेको गुनासो आएपछि विभागले यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण माग गरेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनका क्रममा कतिपय तामिल प्रदायक संस्थाले तालिम सञ्चालन कार्यविधि, २०७६ को दफा ११ (अनुसूची २) मा उल्लेख भएअनुसार तोकिएबमोजिमको केही मापदण्ड पूरा नगरेको पाइएको छ ।
विभागले एक विज्ञप्तिसमेत प्रकाशित गरी तालिम प्रदायक संस्थाले यथाशीघ्र कार्यविधिमा तोकिएबमोजिमको मापदण्ड पूरा गर्ने र सम्बन्धित संस्थाले हाल तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण सात दिनभित्र विभागको अभिमुखीकरण तथा अनुगमन शाखामा बुझाई अद्यावधिक गर्न आग्रह गरेको छ ।
अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही हुने विभागद्वारा प्रकाशित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण