बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

७ हजार ७३३ जनामा डेंगु संक्रमण, सात जनाको मृत्यु

सोमबार, २२ साउन २०८०, १४ : २९
सोमबार, २२ साउन २०८०

काठमाडौँ। देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ । 


यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप