मन्त्री रिजाल र युरोपियन युनियनकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग युरोपियन युनियनकी राजदूत नोना डिप्रेजले बिदाइ भेटवार्ता गरेकी छिन् । सोमवार मन्त्रालयमा भएको बिदाइ भेटवार्तामा राजदूत डिप्रेजको कार्यकालमा भएको नेपाल प्रतिको सहयोगका लागि मन्त्री रिजालले गरे ।
सो क्रममा खासगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित विभिन्न कार्यक्रममा रहेको संलग्नता र सहयोग प्रति मन्त्री रिजालले धन्यवाद ज्ञापन गरे । लगानी तथा व्यापारको क्षेत्रमा युरोपियन युनियनले नेपाललाई पुर्याएको सहयोगप्रति पनि विशेष धन्यवाद व्यक्त गर्दै मन्त्री रिजालले नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनका लागि भविष्यमा युरोपियन युनियनबाट अझ सहयोग प्राप्त हुने अपेक्षा समेत व्यक्त गरे ।
युनियनले कफी, पस्मिना जस्ता वस्तुको निर्यात प्रवर्धन, व्यापारसँग सम्बन्धित सरकारी तथा निजीक्षेत्रका प्रतिनिधिहरूको क्षमता विकास कार्यक्रममा सहयोग गरिरहेको छ । यस्तै, नेपालमा वैदेशिक लगानीको वातावरण सुधार गर्ने उद्देश्यसहित युनियनको सहयोगमा ‘ट्रेड एन्ड ईनभेस्मेन्ट प्रोग्राम’ सञ्चालन गरिरहेको छ ।
युरोपियन युनियनका लगानीकर्तालाई नेपालको पर्यटन, जलविद्युत, कृषि प्रशोधन तथा उत्पादनमूलक उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न समेत मन्त्री रिजालले अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण