कानुनका २०६ जना विद्यार्थी ट्राफिक स्वयंसेवकका रुपमा परिचालित
काठमाडौँ । काठमाडौँ स्कूल अफ ल का विद्यार्थीहरू आजदेखि ट्राफिक स्वयंसेवकका रुपमा काठमाडौँ उपत्यकाका विभिन्न चोकहरूमा खटिएका छन् । स्कूल अफ लमा आइतबार आयोजित ट्राफिक स्वयंसेवक कार्यक्रमको, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले समुद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पोखरेलले ट्राफिक नियमको व्यवहारिक प्रयोग, लेन अनुशासन पालना, मर्यादित सवारी चालक, कानुनलाई आत्मसात गर्ने प्रवृतिलाई प्राथमिकतामा राखि सडकमा हुने लापरवाहीलाई न्यूनिकरण गर्नु नै आजको आवश्यकता रहेको बताए । उनले सडकमा खटिने विद्यार्थीहरूलाई ट्राफिक स्वयंसेवकको ज्याकेट र क्याप समेत वितरण गरेका थिए ।
उक्त कार्यक्रममा काठमाडौँ स्कूल अफ ल का अध्यक्ष तथा पूर्व सचिव डा.गोबिन्द कुसुम, कार्यकारी निर्देशक प्राध्यापक डा. युवराज संग्रौला, क्याम्पस प्रमुख प्राध्यापक डा.कुमार ईङ्गनाम, कार्यमूलक शिक्षण विभागका संयोजक सहप्राध्यापक ज्ञानु गौतम र शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले गत शनिबार २०६ जना विद्यार्थीहरूलाई सडक सुरक्षा र आत्मरक्षा सम्बन्धी एक दिने प्रशिक्षण समेत दिएको थियो । आजबाट ७ दिनसम्म बिहान र बेलुकीको पिक आवरमा माइतीघर, सिंहदरबार, अनामनगर, पद्मोदय मोड, बागबजार, पुतलीसडक र कमलादी मोडमा खटिने स्वयंसेवकहरूले सडक प्रयोकर्तालाई ट्राफिक नियमको बारेमा जानकारी गराउने छन् ।
स्वयंसेवकले पैदलयात्रीलाई जेब्राक्रस तथा आकाशे पुलको प्रयोग गर्न, सडक लेनको पालना गर्न र लाइनमा बसेर बस चढ्न तथा ओर्लनका लागि बस बिसौनीमा यात्रुलाई सहयोग गर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
यसका साथै सडकमा खटिने ट्राफिक स्वयंसेवकहरूले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकको बारेमा ट्राफिक प्रहरीलाई खबर गर्नेछन् । विगत लामो समयदेखि काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र जनचेतना अभिवृद्धि गर्नका लागि ट्राफिक स्वयंसेवक परिचालित हुँदै आएका छन् । यस्तै ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि सवारी चालक, परिचालक र पैदलयात्री लक्षित विविध कार्यक्रमहरू समेत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण