नयाँ जिन्स हत्तपत्त हुने छैन पुरानो, यसरी धुनुहोस्
आजकाल जिन्सको पाइन्ट नहुने कोही व्यक्ति नहोला । यो अरू कपडाको तुलनामा थोरै महँगो त हुन्छ नै, यसलाई विशेष हेरचाहको आवश्यकता पनि पर्छ । तपाईंले यसलाई अरू लुगा झैँ सधैँ धुन थाल्नुभयो भने यो एक–दुई दिनमै पुरानो देखिन थाल्छ । त्यसैले तपाईंले यसलाई वर्षौँसम्म नयाँ जस्तै राख्न चाहनुहुन्छ भने यहाँ केही यस्ता टिप्सबारे जानकारी दिइएको छ जसले तपाईंलाई सहयोग गर्न सक्छ ।
जिन्सलाई यसरी धुनुहोस्
जिन्सलाई सकेसम्म कमै धुने प्रयास गर्नुहोस् । तर फोहोर भयो भने एउटा बाल्टीमा चिसो पानी लिनुहोस् र त्यसमा लिक्विङ डिटर्जेन्ट हाल्नुहोस् । अब यसलाई घोल्नुहोस् र जिन्सलाई यसमा डुबाउनुहोस् ।
– जिन्सलाई धेरै निचोर्नु र रगड्नु पर्दैन । तपाईंले यसलाई सफा पानीले पखाल्नुहोस् । अब एक बाल्टी पानी लिनुहोस् र त्यसमा कम्तीमा आधादेखि एक कप सेतो भिनेगर हाल्नुहोस् । त्यसपछि धोएको जिन्स हालेर पाँच मिनेटका लागि यत्तिकै छोडिदिनुहोस् ।
– अब तपाईं यसलाई पानीबाट निकाल्नुहोस् र निचोर्नुको साटो धारा वा यस्तो ठाउँमा राख्नुहोस् जहाँबाट यसको पानी बिस्तारै निख्रिन थाल्छ । अब यसलाई ह्याङ्गरमा राख्नुहोस् र हावामा राखिदिनुहोस् ।
– वास्तवमा, सेतो भिनेगरले रङ खुइलिन दिँदैन । यसले प्राकृतिक सफ्टनरको रूपमा काम गर्छ । त्यसैले जिन्स धुने बेला यसको प्रयोग गर्दा जिन्स लामो समयसम्म नयाँ जस्तै देखिनेछ र नरम पनि हुन्छ ।
जिन्स धुँदा यी कुरामा ध्यान दिनुहोस्
– जिन्सलाई सकेसम्म कम धुने प्रयास गर्नुहोस्
– यसलाई धुने बेला सधैँ उल्टो पारेर मात्रै धुनुहोस्
– यसलाई सिधै घाममा नसुकाउनुहोस्
– यसमा आइरन लगाउन चाहनुहुन्छ भने कपडामाथि पत्रिका राखेर प्रेस गर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाहा नगरपालिकामा आइतबार सार्वजनिक बिदा
-
भरतपुरमा रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक, तस्बिरहरू
-
भारतमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने
-
‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’
-
बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू)
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण