प्रिमियम मूल्यमा खुल्यो रिलायबल लाईफको आईपीओ, यस्तो छ वित्तीय अवस्था
काठमाडौँ । आजदेखि रिलायबल लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको हो ।
आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणलाई बिक्री गर्ने छ । यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित १ करोड २० लाख कित्ता आईपीओमा १५७ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २५७ रुपैयाँमा बिक्रीमा ल्याएको हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ आवेदन खुलाइसकेको छ । वैदेशिक रोजगारीमा गएकाहरूलाई १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर छुट्टाइएको थियो । यसबाहेक, कर्मचारी र सामूहिक लगानी कोषलाई समान ६÷६ लाख कित्ता सेयर छुट्टाइएको छ ।
बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले यही साउन २६ गतेसम्ममा आवेदन दिन सक्नेछन् । यस अवधिमा मागअनुसारको आवेदन नपरेमा भदौ ५ गतेसम्मलाई समय थप गरिने सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण