सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

रात्रि बसको ठक्कबाट कपिलवस्तुमा १० वटा गाई–गोरुको मृत्यु

मङ्गलबार, २३ साउन २०८०, १३ : ४७
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । रात्रि बसले ठक्कर दिँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ मा १० वटा गाई–गोरु मरेका छन् । दाङबाट काठमाडौँ जाँदै गरेको बसले ठक्कर दिँदा राजमार्ग स्थित पानीधारा जङ्गलमा ५ वाट गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मीन बहादुर घलेले रातोपाटीलाई बताए । 

दुर्घटनामा संलग्न बा.०१– ००६ ख ५१७१ नम्बरको बस र चालक भूपेन्द्र बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रि बस छाडा चौपायालाई ठक्कर दिएर काठमाडौँ तर्फ लागेको थियो । गएराति करिब १२ बजेतिर बसले गाई–गोरुलाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न चालकलाई प्रहरीले ‘पशुपन्क्ष सम्बन्धी कसुर’मा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप