‘बार्गेनिङ’का लागि केही नेता मिलेर संसद्लाई बन्धक बनाउन पाइँदैन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रमुख प्रतिपक्षी दलले बार्गेनिङका लागि संसद् अवरोध गरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दलले यथास्थितिमा बजेट पास गर्न दिन्नौँ भन्ने तर पछि बार्गेनिङ मिलेपछि बजेट पास गरेको बताए ।
उनले भने–‘संसद् चल्ने समय भनेको कुनै अमुक दलको नेताको कुरा मिल्दा र नमिल्दा होइन, यहाँ नेपाली जनताको मुद्दामा छलफल हुनुपर्छ । संसद् चल्नुपर्छ । असन्तुष्टि अभिव्यक्त गर्ने ठाउँ पनि यही हो । आफ्ना कुरा राख्ने ठाउँ पनि यही हो ।’
उनले संसदीय समितिमा भागबण्डा मिलेका कारण आज संसद् चलेको बताउँदै संसदीय समितिमा भाग नपाउँदा रास्वपा जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिकामा रहने उल्लेख गरे ।
संसद् सचिवालयले अगाडि नै सदन चल्ने मिति र समय उल्लेख गरेपछि निर्धारित समयमा किन संसद् चल्दैन भन्दै प्रश्न गरे ।
सांसद लामिछानेले भने–‘तिन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए संसद्को बैठक यतिबेला सुरु हुन्छ भनेर जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुरा भए मिलाउने कुरा पहिले नै किन हुन सक्दैन ? हाम्रो आरोप अनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्नुहुन्न ? सदन चल्ने बेला नै किन गरिन्छ ? प्रत्येक दिन जनताका प्रतिनिधि यो भवनमा आएर सदन कतिबेला खुल्छ भनेर बसिरहेका छन् । यो क्रियाकलापलाई रोक्न जसरी छ ।’
संसद् बैठकको समय तोकिएपछि सो समयमा घण्टी बजाउनुपर्ने बताउँदै घण्टी बजाउनु अगाडि नै के के कुरा मिलाउनुपर्ने हो सो मिलाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण