सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राजेन्द्र लिङ्देनको प्रश्न : ३ दल मिलेर संसद् र देशलाई बन्धक बनाउन मिल्छ ?

मङ्गलबार, २३ साउन २०८०, १७ : ४०
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३ दल मिलेर संसद् र देशलाई बन्धक बनाउन मिल्छ भन्दै प्रश्न गरेका छन् । 

मङ्गलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै लिङ्देनले निर्वाचन प्रणालीमा समावेशी, समानुपातिक के के नाम दिएर संविधान बनाएको तथा संसदको चरित्रसमेत त्यस्तो भएपनि ३ दल मिलेर पुरै देश र संसदलाई बन्धन बनाउने काम भएको भन्दै कटाक्ष गरे  । 

अध्यक्ष लिङ्देनले भने, ‘यो संसद् ३ दलको बन्धक बन्न मिल्छ ? तपाईहरु रातारात सल्लाह गर्ने, ३ दल मिलेपछि लुरुलुरु हामी पछि लाग्नुपर्ने ? म सभामुख महोदयको ध्यानाकर्षण गर्न चाहन्छु, यो गैरसंवैधानिक शक्ति केन्द्र संसदभित्र कसरी निर्माण भइरहेको छ ? नियमावलीको कुन धारा, उपधाराले, संविधानको कुन धारा उपधाराले यस्तो प्रकारको संरचनाको परिकल्पना गर्छ ? ३ दल बस्ने, ३ दलको नेता बस्ने । संसदीय समितिको निर्माण कसरी हुन्छ भन्ने कुरा नियमावलीमा छ, ३ दलले कस्तो बनाउने भनेर निर्णय गरेको कुरा बाहिर आइरहेको छ ।’

अध्यक्ष लिङ्देनले सरकार र सम्बन्धित दलहरूको ध्यानाकर्षण गराउँदै अहिले कसैले कसैलाई निषेध गरेर जाने संसदीय संरचना नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप