शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले 'मानसिक स्वास्थ्य राष्ट्रिय अभियान' कार्यक्रम सञ्चालन गर्ने

मङ्गलबार, २३ साउन २०८०, २० : ४५
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । सरकारले सरकारले 'मानसिक स्वास्थ्य राष्ट्रिय अभियान ' कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा बसेको बैठकले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रमको संयोजन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समन्वय गर्नेगरी विभिन्न विषयगत मन्त्रालय सहितको नीतिगत मार्गदर्शन र निकायगत समन्वयका सिंहको अध्यक्षतामा अनुगमन तथा सहजीकरण समिति बनाइएको छ । 

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुखको अध्यक्षतामा द्रुत कार्य समूह तथा प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्ण भट्टको अध्यक्षतामा प्रचारप्रसार समिति गठन गरेको छ ।

बैठकले विश्वव्यापी रूपमा बढ्दो तनाव, बेरोजगारी, रोगको महामारी जस्ता क्रियाकलापले जनताको मानसिक स्वास्थ्यलाई असर गरिरहेकोले त्यस सम्बन्धी कानुन एवम् नीतिमा सुधार गरी सरोकारवाला निकायहरूको साझा प्रयासमार्फत मानसिक रोगबारे जनचेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान सफलतापूर्वक सञ्चालन गर्न साथ र सहयोगको लागि सबै सरोकारवाला निकाय तथा आम सर्वसाधारणमा अपिल गर्ने निर्णय समेत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप