सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आफ्ना जनप्रतिनिधिको ‘एप्रुभल रेटिङ्ग’ गराउँदै जनमत पार्टी, कार्यकताको मत अनुसार मूल्याङ्कन हुने

मङ्गलबार, २३ साउन २०८०, २० : ५५
मङ्गलबार, २३ साउन २०८०

जनकपुरधाम । जनमत पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको ‘एप्रुभल रेटिङ्ग’ भइरहेको छ । जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरुले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्याङ्कनका लागि ‘एप्रभुल रेटिङ्ग’ गर्न लागेको जनाएको छ ।

जसअनुसार जनमत पार्टीका निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको सम्बन्धमा स्थानीय तहमा मतदान गराउने व्यवस्था गरेको छ । पार्टी सचिवालयले मतदानका लागि निर्वाचन अधिकारीसमेत तोकेर स्थानीय तहमा खटाएको पार्टी सचिव बीपी साहले जानकारी दिए ।

‘साउन २७ गते हुने एप्रुभल रेटिङ्गको मतदानका लागि २६ जना निर्वाचन अधिकारी केन्द्रबाटै खटाइएको छ,’ साहले भने, ‘निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदाताको नामावली प्रकाशन गरिएको छ ।’

२०८० वैशाख ३० गतेभन्दा अघि जनमत पार्टीको सदस्यता लिएकाहरुले मात्र मतदान गर्न पाउने जानकारी दिँदै सचिव साहले भने, ‘बुधबार र बिहीबार मतदाता नामावली उपर दाबी विरोध र त्यसपछि अन्तिम नामावली प्रकाशित गरी २७ गते मतदान हुनेछ ।’

मतदान गर्नुअघि निर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई आफ्नो कुरा राख्ने र मतदाताको प्रश्न सुन्ने समय दिइनेछ । त्यसपछि मात्र मतदान हुने उनले बताए ।

स्थानीय जनप्रतिनिधिहरुको मतदान गराएर मूल्याङ्कन गराउने अभ्यास नेपालमा पहिलो पटक हुन लागेको पनि उनले दाबी गरे ।

स्थानीय तहमा जनमत पार्टीको एक सय ५ जना जनप्रतिनिधि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप