कलाकार गौतमको उपचारमा अमेरिका निवासी कलाकारहरूको सहयोग
बुधबार, २४ साउन २०८०, १० : २९
काठमाडौँ । क्यान्सरको उपचार गराइरहेका कलाकार घनश्याम गौतमलाई अमेरिका निवासी कलाकारहरूले एक लाख ३२ हजार सहयोग प्रदान गरेका छन् । निर्देशक सुमन दाहाल, अभिनेता विक्रान्त बस्नेत, सुवास थापा लगायतको सक्रियतामा उक्त रकम जम्मा भएको हो ।
चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, उपाध्यक्ष सुवास प्रसाद गजुरेल र चलचित्र विकास बोर्डका सदस्य राजु के.सी लगायतले बुधबार गौतमको भक्तपुरस्थित निवासमै पुगेर उक्त सहयोग प्रदान गरे ।
कलाक्षेत्रमा ‘नक्कली प्रचण्ड’को नामबाट चर्चित गौतमको पेटको ठुलो आन्द्रामा क्यान्सर देखिएको छ । उनले भक्तपुर क्यान्सर अस्पतालमा आफ्नो उपचार गराइरहेका छन् । उपचारमा पैसाको अभाव भएपछि उनले सहयोगका लागि अपिल समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलतामै बित्यो आर्थिक वर्ष २०८२/८३, पुँजीगत खर्च पाँच वर्ष यताकै न्युन
-
योगेशको प्रश्न : प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण