यूकेमा रोजगारीका लागि ३९२ जना नर्सको आवेदन
काठमाडौँ । बेलायत (यूके) मा वैदेशिक रोजगारीका लागि हालसम्म ३९२ जना नर्सहरूले आवेदन (एक्सेस) दिएका छन् । नेपाल र बेलायतबीच भएको सम्झौताअनुसार वैदेशिक रोजगार विभागले स्वास्थ्य सहायकको रूपमा नर्सहरूका लागि आवेदन आह्वान गरेको थियो ।
विभागका महानिर्देशक मदन दहालले आवेदनका लागि ३९२ जनाले अनलाइनमार्फत इन्ट्री गरेको बताए । उनीहरूले अनलाइनमा आफ्नो प्रोफाइल बनाएका हुन् । तीमध्ये १० जनाको आवेदन नै परेर स्वीकृति समेत भइसकेको उनको भनाई छ ।
विभागले साउन ५ गते नर्सहरूलाई आवेदन आह्वान गरेको थियो । यसका लागि विभागको छुट्टै अनलाइन पोर्टल मार्फत आवेदन दिनुपर्ने व्यवस्था मिलाएको छ । सोही आधारमा मापदण्ड पुरा गरेका नर्सहरूले आवेदन दिन सक्नेछन् । त्यसका लागि १९ अक्टोबर २०२३ (२ कार्तिक २०८०) सम्ममा आवेदन दिने म्याद रहेको छ ।
बेलायतमा करिब १०० जनालाई पठाउने गरी आवेदन आह्वान गरिएको हो । पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्सहरू पठाउने र त्यो सफल भएको खण्डमा थप नर्सहरू पठाउने योजना दुवै सरकारको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण