यूकेमा रोजगारीका लागि ३९२ जना नर्सको आवेदन

काठमाडौँ । बेलायत (यूके) मा वैदेशिक रोजगारीका लागि हालसम्म ३९२ जना नर्सहरूले आवेदन (एक्सेस) दिएका छन् । नेपाल र बेलायतबीच भएको सम्झौताअनुसार वैदेशिक रोजगार विभागले स्वास्थ्य सहायकको रूपमा नर्सहरूका लागि आवेदन आह्वान गरेको थियो ।
विभागका महानिर्देशक मदन दहालले आवेदनका लागि ३९२ जनाले अनलाइनमार्फत इन्ट्री गरेको बताए । उनीहरूले अनलाइनमा आफ्नो प्रोफाइल बनाएका हुन् । तीमध्ये १० जनाको आवेदन नै परेर स्वीकृति समेत भइसकेको उनको भनाई छ ।
विभागले साउन ५ गते नर्सहरूलाई आवेदन आह्वान गरेको थियो । यसका लागि विभागको छुट्टै अनलाइन पोर्टल मार्फत आवेदन दिनुपर्ने व्यवस्था मिलाएको छ । सोही आधारमा मापदण्ड पुरा गरेका नर्सहरूले आवेदन दिन सक्नेछन् । त्यसका लागि १९ अक्टोबर २०२३ (२ कार्तिक २०८०) सम्ममा आवेदन दिने म्याद रहेको छ ।
बेलायतमा करिब १०० जनालाई पठाउने गरी आवेदन आह्वान गरिएको हो । पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्सहरू पठाउने र त्यो सफल भएको खण्डमा थप नर्सहरू पठाउने योजना दुवै सरकारको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण