सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जनमत पार्टीले जनायो जनजातिको मागप्रति ऐक्यबद्धता

बुधबार, २४ साउन २०८०, १५ : ४७
बुधबार, २४ साउन २०८०

काठमाडौँ । डा.चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ ।  

विश्व आदिवासी दिवसको अवसर पारेर बुधबार दिउँसो सो पार्टीका नेताहरुले काठमाडांैको माइतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिहरुले सरकारसँग राखेका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । 

आफनो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरुको हक, अधिकारका लागि लड्ने भएकाले त्यसमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा भेला भएको पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले बताए ।

कार्यक्रममा जनमत पार्टीका नेताहरुले संविधानमा उल्लेख गरिएका आदिवासीहरूको वर्गीकरणलाई मानेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस अवसरमा प्रवक्ता यादवले आदिवासी जनजातिहरूको भावनामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न पनि सबैलाई आह्वान गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप