कार्यालयको फोटो भिडियो खिचे कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीको सूचना
बुधबार, २४ साउन २०८०, २१ : ५०
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुमति बिना कार्यालयको फोटो तथा भिडियो खिचे कारबाही गर्ने चेतावनी दिएको छ । कार्यालयले एक सार्वजनिक सूचना नै जारी गरेर कारबाहीको चेतावनी दिएको हो ।
‘यस जिल्ला प्रशासन कार्यालय, सप्तरीमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसर भित्रको फोटो, भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन, पत्रपत्रिकामा राखेको पाइएकोले कर्मचारीको व्यक्तिगत गोपनीयताको हक, कार्यालयको सुरक्षा संवेदनशीलताका कारण आदेशअनुसार यो सूचना जारी गरिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीद्वारा प्रेषित सूचनामा भनिएको छ ।
सूचनाको विपरीत गतिविधि गरे–गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा भजन संस्कृति संरक्षणको पहल
-
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
-
उद्घाटन खेलमा आयोजक मेक्सिकोकाे सुखद सुरुवात
-
फिफा विश्वकप २०२६ : उद्घाटन खेलमा आयोजक मेक्सिकोकाे सुखद सुरुवात
-
दक्षिण अफ्रिकालाई थप संकट, थेम्बा ज्वानले पाए टोलीको दोस्रो रातो कार्ड
-
राउल जिमिनेजको गोलमा आयोजक मेक्सिकोको अग्रता दोब्बर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण