बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च

बिहीबार, २५ साउन २०८०, १० : २१
बिहीबार, २५ साउन २०८०

स्पेन । स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसङ्ख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मंगलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो । 

त्रैमासिक निरन्तर जनसङ्ख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड ८३ लाख ४५ हजार २२३ जना मानिसहरू बसोबास गरिरहेको देखाएको छ । जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै हो । 

२०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसङ्ख्या मध्ये १ लाख ३९४ जना स्पेन बाहिर जन्मिएका थिए । अब विदेशी भूमिमा जन्मिएका बासिन्दाहरूको कुल सङ्ख्या ८४ लाख ५७ हजार ८८६ पुगेको छ ।

स्पेनका राष्ट्रिय तथ्याङ्क संस्थानका प्राविधिक मिगुएल कार्लोस गालानले भन्नुभयो, ‘यो वृद्धि जन्मको कारणले भएको होइन किनभने जन्म र मृत्यु बीचको भिन्नता व्यावहारिक रूपमा शून्य भएको छ, तर मूलतः के भएको छ कि आप्रवासन बढेको छ ।’

अप्रिल र जुनको बीचमा स्पेन आउने अधिकांश आप्रवासी कोलम्बिया र मोरक्कनका थिए । विदेशमा बसोबास गरेर आफ्नो मातृभूमिमा फर्केका स्पेनीहरुको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ ।

गालानले भने, ‘स्पेनमा जनसङ्ख्या भविष्यमा अलिकति घट्न सक्छ । जनसङ्ख्या घट्न नदिने सुनिश्चित गर्न आप्रवासीहरूको धेरै ठुलो प्रवाह आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप