बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको सडकका शालिकहरू एक महिनाभित्र व्यवस्थापन गरिने

पृथ्वीनारायण शाह तस्बिर हटाइने
शुक्रबार, २६ साउन २०८०, १८ : १०
शुक्रबार, २६ साउन २०८०

पोखरा । पोखरा महानगरपालिकाभित्र सडकमा रहेका सबै शालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रबार मेयर धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सडकमा रहेका शालिकहरू एक महिनाभित्र स्थानान्तरण तथा व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै शालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिनाभित्र स्थानान्तरण तथा व्यवस्थापन गर्ने निर्णय गरियो ।’ 

साथै बैठकले साबिकको पृथ्वीचोक हालको लखनचोकमा नेपालमा प्रथम सहिद लखन थापाको अगाडि राखिएको पृथ्वीनारायण शाहको तस्बिरलाई हटाई पोखरा महानगरपालिकामा सुरक्षित साथ राख्ने निर्णय समेत गरेको छ । पोखरा महानगरपालिकाले पोखरामा चोकहरूमा रहेका शालिकहरूको व्यवस्थापन पोखरा १८ स्थित विभूति पार्कमा गर्दै आएको छ ।

पोखराका चोकहरूमा रहेका शालिकहरूको स–सम्मान व्यवस्थापन गर्ने सम्बन्धमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए । 

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राष्ट्रिय विभूतिहरूको शालिक सडकमा राख्नुभन्दा पनि व्यवस्थित ढङ्गले महानगरले व्यवस्था गरेको स्थानमा राख्नु नै उपयुक्त हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप