सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा एमालेलाई बोल्न दिएन : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन् ।
कांग्रेस सांसद सुनिल शर्मालाई सुन तस्करीबारे बोलेपछि सरकारले पक्राउ गरेको जिकिर गर्दै ओलीले आफ्नो पार्टीका सांसदहरुलाई पनि बोल्न नदिन कांग्रेस सांसदहरु संसद् बैठकमा उठ्न थालेको दाबी गरेका हुन् ।
शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले सरकार आफैँ सो प्रकरणमा संलग्न रहेकाले उसले सत्य बाहिर आउने डरले यसबारे बोल्ने जो कोहीलाई पनि सांसद शर्मालाई जस्तै हत्कडी लगाइदिने चेतावनी दिएको बताए ।
अध्यक्ष ओलीले भारतले पनि सो सुन प्रकरणबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै त्यसको सत्य पत्ता लगाउने काममा आफ्नो पार्टी लागि परेको बताए ।
उनले भने, ‘ सुन तस्करी काण्डमा प्रतिपक्ष बोल्छ भनेर सत्तापक्षले प्रतिपक्ष बोल्न थालेपछि महाभारतको युद्धमा असोस्थाले बोलेपछि त्यही गर्छ, अहिले सत्तापक्ष हामीले उठेर बोल्न थालेपछि सबै उठेर नगरा बजाएर त्यो सत्य उजागर होला भनेझैँ पहिला बोल्दै दिँदैन । व्यवधान गर्छ ।’
अध्यक्ष ओलीले आफूले जतिसुकै राम्रो काम गरेपनि हमला हुने गरेको गुनासो समेत गरे । राजनीति सबै नीतिको मूल नीति भएकाले आफूले सत्य उजागर गर्ने कुरालाई भने नछोडने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण