लगातार पाँचौ खेलमा मेस्सीको गोल
शनिबार, २७ साउन २०८०, १२ : ३६
मियामी । लियोनेल मेस्सीले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामीले चार्लोट एफसीलाई पराजित गरेको छ । लिग्स कपको क्वार्टरफाइनल खेलमा मियामी ४–० गोलले विजयी बनेको हो ।
खेलको १२ औँ मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा रोबर्ट टेलरले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रोह हाफमा एडिल्सन मालान्डाले आत्मघाती गोल गरेपछि मियामीको अग्रता फराकिलो बनेको थियो । ८६ औँ मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई शानदार जित दिलाए । मेस्सीले हालसम्म खेलेका सबै खेलमा गोल गरेका छन् । पाँच खेलमा उनको गोल संख्या ८ पुगेको छ ।
अब लिग्स कपको सेमिफाइनलमा मियामीले फिलाडेल्फिया युनियनको सामना गर्नेछ । फिलाडेल्फियाले क्वेरेटारोमाथि २–१ को जीत हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण