लाइभ प्रस्तुति दिन नेपाल आउँदै बलिउड गायक कैलाश खेर
आइतबार, २८ साउन २०८०, १२ : ४१

काठमाडौंँ । बलिउड गायक कैलाश खेर नेपाल आउने भएका छन् । अगामी भदौ २९ (१५ सेब्टेम्बर)मा होटल सोल्टीको क्लब प्राइभमा आयोजना हुन लागेको ‘कैलाश खेर लाइभ’ नामक सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् ।
फेलिज इन्टरनेशनल इभेन्ट र वीस इन्टरटेनमेन्टको सहयोगमा आइलाइभ इन्टरटेनमेन्टको आयोजना रहने कार्यक्रमा गायक खेरले आफ्ना हिट गीत ‘ए रम्बा’, ‘तुझे मे प्यार करु’, ‘गल्ली गल्ली चोर हे’, ‘कैसी हे ए उदासी’ लगायतका करिब दर्जन हिट गीत संगीत प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा नेपालका गायक गायिकाको पनि सहभागीत रहनेछ । गायक खेरका नेपालमा थुप्रै फ्यान छन् । नेपाली फ्यानलाई उनको गीत संगीतमा प्रत्यक्ष रमाउने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको आयोजक फेलिज इन्टरनेशनल इभेन्टका सिइयो साहिल खानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्बाट निलम्बित भएका संसदीय दलका नेता किन ?
-
ट्रम्पले सर्वोच्च नेता खामेनेईलाई हत्या गर्ने इजरायलको योजना अस्वीकार गरेको खुलासा
-
ग्रिन्सबोरोको प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा
-
तीनवटा वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
सोमबार कुन राशिका लागि शुभ ?
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर