लाइभ प्रस्तुति दिन नेपाल आउँदै बलिउड गायक कैलाश खेर
आइतबार, २८ साउन २०८०, १२ : ४१
काठमाडौंँ । बलिउड गायक कैलाश खेर नेपाल आउने भएका छन् । अगामी भदौ २९ (१५ सेब्टेम्बर)मा होटल सोल्टीको क्लब प्राइभमा आयोजना हुन लागेको ‘कैलाश खेर लाइभ’ नामक सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् ।
फेलिज इन्टरनेशनल इभेन्ट र वीस इन्टरटेनमेन्टको सहयोगमा आइलाइभ इन्टरटेनमेन्टको आयोजना रहने कार्यक्रमा गायक खेरले आफ्ना हिट गीत ‘ए रम्बा’, ‘तुझे मे प्यार करु’, ‘गल्ली गल्ली चोर हे’, ‘कैसी हे ए उदासी’ लगायतका करिब दर्जन हिट गीत संगीत प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा नेपालका गायक गायिकाको पनि सहभागीत रहनेछ । गायक खेरका नेपालमा थुप्रै फ्यान छन् । नेपाली फ्यानलाई उनको गीत संगीतमा प्रत्यक्ष रमाउने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको आयोजक फेलिज इन्टरनेशनल इभेन्टका सिइयो साहिल खानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण