गुन्डोगानको डेब्यूमा रोकियो बार्सा
गेटाफे । म्यानचेस्टर सिटीका पूर्वकप्तान इल्के गुन्डोगानले ला लिगामा डेब्यू गर्दा साबिक विजेता बार्सिलोना सिजनको पहिलो खेलमा नै गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ ।
३२ वर्षीय जर्मन खेलाडी यो ट्रान्सफर सिजनमा बार्सिलोनासँग अनुबन्ध भएका हुन् । मैदान प्रवेश गरेको केही मिनेटमा नै गुन्डोगानले गोल गर्ने सुन्दर अवसर पाएका थिए तर उनलाई अफसाइड करार गरिएको थियो ।
विवादित खेलमा बार्सिलोनाका राफिन्हा र म्यानेजर ज्याभीले रातो कार्ड पाएका थिए । लिड्सका पूर्व फरवार्ड राफिनाले गेटाफेका गास्टोन अल्भारेजलाई कुहिनाले हिर्काएपछि रातो कार्ड पाएका हुन् । ज्याभीले दोस्रो हाफमा रेफ्रीसँग वादविवाद गरेका कारण रातो कार्ड पाए ।
जेमी माटाले दोस्रो पहिलो कार्ड पाएपछि गेटाफे पनि दोस्रो हाफको सुरुवातमा नै १० खेलाडीमा सीमित बनेको थियो । बार्सिलोनाले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन । रोबर्ट लेवान्डोस्कीको प्रहार गोल लाइनबाट क्लियर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण