बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध
सोमबार, २९ साउन २०८०, १० : ४७
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
तिनाउ गाउँपालिका-३ स्थित तिस माइलमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकीका सई कमल थापाले जानकारी दिए ।
पहिरोसँगै रुख ढलेर सडकमा खसेको हुँदा पहिरो पन्छाउन समय लाग्ने थापाले बताए । राजमार्ग अवरुद्ध भएपछि सयौँको सङ्ख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन् । कयौँ यात्रु गन्तव्यमा पुग्न नसकेर बीच बाटोमै अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालय पाल्पाको एउटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
-
बागरमा खानेपानीको समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण