बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

महराबारे माओवादीले होइन, सीआईबीले भन्नुपर्छ : महामन्त्री थापा

सोमबार, २९ साउन २०८०, १३ : २४
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेपाल कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करीको आरोप लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे केन्द्रीय अनुसन्धान ब्युरोले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

माओवादीको पदाधिकारी बैठकले महरालाई सुन तस्करी प्रकरणबारे स्पष्ट पार्न भनेको प्रति आपत्ति जनाउँदै महामन्त्री थापाले सीआईबीले यसबारे प्रष्ट पार्नुपर्ने बताएका हुन् । सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा धारणा राख्दै थापाले भने, ‘माओवादीको पदाधिकारी बैठकले कृष्णबहादुर महरालाई प्रष्ट पार्न भनेछ । यो कुरा पार्टीको बैठकले भनने होइन । सीआईबीले छानबिन गरेर कुरा के हो भन्नुपर्छ । सुन तस्करी प्रकरणमा सरकारको निकायले छानबिन गर्नुपर्छ । राज्यका संस्थालाई हामीले अविश्वास गर्नुहुँदैन ।’

भेपमा सुन तस्करी प्रकरणमा पूर्व सभामुख समेत रहेका महरा र उनका छोरा राहुल महराको नाम आए पनि प्रहरीले अनुसन्धान नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

थापाले आफ्नो नेतृत्वको गठबन्धन सरकारले गरेका राम्रा र नराम्रा दुवै कामको जिम्मा कांग्रेसले लिनुपर्ने धारणा समेत राखेका छन् ।

त्यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सुन तस्करी प्रकरणमा राज्यका निकायलाई छानबिनका लागि सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप