महराबारे माओवादीले होइन, सीआईबीले भन्नुपर्छ : महामन्त्री थापा
काठमाडौँ । नेपाल कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करीको आरोप लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे केन्द्रीय अनुसन्धान ब्युरोले स्पष्ट पार्नुपर्ने बताएका छन् ।
माओवादीको पदाधिकारी बैठकले महरालाई सुन तस्करी प्रकरणबारे स्पष्ट पार्न भनेको प्रति आपत्ति जनाउँदै महामन्त्री थापाले सीआईबीले यसबारे प्रष्ट पार्नुपर्ने बताएका हुन् । सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा धारणा राख्दै थापाले भने, ‘माओवादीको पदाधिकारी बैठकले कृष्णबहादुर महरालाई प्रष्ट पार्न भनेछ । यो कुरा पार्टीको बैठकले भनने होइन । सीआईबीले छानबिन गरेर कुरा के हो भन्नुपर्छ । सुन तस्करी प्रकरणमा सरकारको निकायले छानबिन गर्नुपर्छ । राज्यका संस्थालाई हामीले अविश्वास गर्नुहुँदैन ।’
भेपमा सुन तस्करी प्रकरणमा पूर्व सभामुख समेत रहेका महरा र उनका छोरा राहुल महराको नाम आए पनि प्रहरीले अनुसन्धान नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
थापाले आफ्नो नेतृत्वको गठबन्धन सरकारले गरेका राम्रा र नराम्रा दुवै कामको जिम्मा कांग्रेसले लिनुपर्ने धारणा समेत राखेका छन् ।
त्यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सुन तस्करी प्रकरणमा राज्यका निकायलाई छानबिनका लागि सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण