आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन असोजमा हुने

सोमबार, २९ साउन २०८०, १६ : ५९
सोमबार, २९ साउन २०८०

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन असोजमा हुने भएको छ । संघको आज बसेको कार्यसमितिको बैठकले संघको ७० औँ वार्षिक साधारण सभा तथा २५ औँ अधिवेशन आगामी असोजको १५, १६ र १७ गते गर्ने निर्णय गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए ।

संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा तथा अधिवेशनको लागि कार्यसमिति सदस्य संयोजक रहेको विभिन्न तयारी समिति गठन गरिएको छ । अधिवेशन सम्पन्न गर्नको लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डे संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ ।

साधारण सभामा पेस गर्ने प्रस्ताव लेखनको लागि प्रतिक पोखरेल संयोजक रहेको प्रस्ताव समिति, किट ब्याग तथा रजिष्ट्रसनमा प्रकाशकुमार श्रेष्ठ, सदस्यता मत सर्वेक्षणको लागि संजय कलवार जयसवाल, खना तथा जलपान समितिमा निर्मित कसजू, स्वागत तथा ब्याच व्यवस्थापनमा जमुना पौडेल, निमन्त्रणा कार्ड व्यवस्थापनको लागि सुमोदमान सैंजू, हल तथा मञ्च व्यवस्थापनको लागि नरेशकुमार श्रेष्ठ संयोजक रहेको समिति गठन गरिएको हो ।

त्यसैगरी संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मूल्याङ्कनको लागि संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल र उत्कृष्ट उद्योगी व्यवसायी सम्मानको लागि सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको महासचिव भट्टराईले जानकारी  दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप