भीम रावल र अध्यक्ष ओलीबीच भेटवार्ता
मङ्गलबार, ३० साउन २०८०, १६ : ५९
काठमाडौँ । पार्टीमा असन्तुष्ट रहेका एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । अध्यक्ष ओली र रावलबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।
पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । उक्त महाधिवेशनमा रावलले ओलीको चाहानाविपरित उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।
केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए ।
पौडेल नेतृत्वको टोली र रावलबीच वैशाख पहिलो साता एक चरणको कुराकानी भएपनि त्यसपछि पुनः कुनै छलफल भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण