सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र अपरेटर अख्तियारको नियन्त्रणमा
२ लाख नगद र ३ लाखको चेक बरामद
बुधबार, ३१ साउन २०८०, १० : ५८
काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र एमआईएस अपरेटरलाई अख्तियारको टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
एमआईएस अपरेटर वीरेन्द्र कुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस सहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) भोला दाहालले रातोपाटीलाई बताए । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले वीरेन्द्र कुमार यादवको साथबाट २ लाख नगद र लेखापाल टेकनारायणको साथबाट ३ लाख बराबरको चेक बरामद गरेको छ ।
सोलार बत्ती जडान लगायतको योजना भुक्तानी गरेबापत घुस लिइसकेको अवस्थामा उनीहरू राजविराज–३ बाट पक्राउ परेका हुन् । आरोपितहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण