सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र अपरेटर अख्तियारको नियन्त्रणमा
२ लाख नगद र ३ लाखको चेक बरामद
बुधबार, ३१ साउन २०८०, १० : ५८

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र एमआईएस अपरेटरलाई अख्तियारको टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
एमआईएस अपरेटर वीरेन्द्र कुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस सहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) भोला दाहालले रातोपाटीलाई बताए । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले वीरेन्द्र कुमार यादवको साथबाट २ लाख नगद र लेखापाल टेकनारायणको साथबाट ३ लाख बराबरको चेक बरामद गरेको छ ।
सोलार बत्ती जडान लगायतको योजना भुक्तानी गरेबापत घुस लिइसकेको अवस्थामा उनीहरू राजविराज–३ बाट पक्राउ परेका हुन् । आरोपितहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर