कर वृद्धिको निर्णय पुनरावलोकन गर्न एमालेको माग
बुधबार, ३१ साउन २०८०, १७ : ५४
काठमाडौँ । नेकपा एमाले झापाले जिल्लाका पालिकाहरूले गरेको कर वृद्धिको निर्णय पुनरावलोकन गर्न माग गरेको छ । अध्यक्ष दीपक कार्कीले विज्ञप्ति जारी गर्दै पालिकाहरूले गरेको कर वृद्धिबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो परिस्थितिमा करको दायरा बढाउँदै चुहावट रोक्नु उपयुक्त विकल्प हुने बताएका छन् ।
‘केन्द्र सरकारको रवैयाले संकटग्रस्त बनेको अवस्थामा आम नागरिकहरूको भावनालाई समेत मध्यनजर गर्दै कर वृद्धि नगर्न र वृद्धि गरिएको करमा पुनरावलोकन गर्न आग्रह गर्दर्छौँ’, कार्कीले भनेका छन्, ‘कानुन त करका दायरा क्षेत्रको पहिचान गरी कर चुहावटलाई नियन्त्रण गर्दै आर्थिक रूपमा सक्षम, दिगो र नागरिकप्रति जबाफदेही स्थानीय सरकार निर्माण गर्न सबै स्थानीय सरकार गाउँपालिका तथा नगरपालिकाहरूसँग अपिल गर्दर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण