पुष्पा टण्डनको मृत्युबारे छानबिन गर्न नगरपालिकाको माग
बुटवल । रुपन्देहीको तिलोत्तमाकी एक महिलाको शंकास्पद मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ स्थित ड्राइभर टोलकी ३६ वर्षीय पुष्पा टण्डनको शव जंगलमा झुन्डिएको अवस्थामा भेटिएपछि निष्पक्ष छानबिनको माग गरिएको छ ।
आफन्त तथा स्थानीय एवम् नगरपालिकाले समेत घटना शङ्कास्पद देखिएकोले निष्पक्ष छानबिनको माग गरेको छ ।
पुष्पा टण्डनको शवको प्रकृति हेर्दासमेत शङ्कास्पद देखिएकाले निष्पक्ष छानबिन गरी घटनाको वास्तविक सत्य तथ्य सार्वजनिक गर्न तिलोत्तमा नगरपालिकाले आग्रह गरेको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले बिहीबार विज्ञप्ति जारी गरी उनको शवको प्रकृति हेर्दासमेत शङ्कास्पद देखिएकाले घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रशासनसमक्ष माग गरेका हुन् ।
पुष्पा टण्डन साउन २७ गते कन्चन गाउँपालिकाको फायर लाइन जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका लागि प्रहरीले हाल ४ जनालाई पक्राउ गरेको छ ।
घटनाको पाँचौँ दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसाललाई पक्राउ गरेको हो । पुष्पाका आफन्तले उनीहरुविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
-
बागरमा खानेपानीको समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण