शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत

बिहीबार, ३२ साउन २०८०, २० : ०२
बिहीबार, ३२ साउन २०८०

सिरहा । नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन् ।

बिहीबार सिरहाको गोलबजारमा नेपाली कांग्रसको जिल्लास्तरीय कार्यकर्ता भेलाको समापन समारोहमा उनले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने विश्वास व्यक्त गरे । 

“निर्वाचन अगाडि हामी एउटै गठबन्धन बनाएर लडेका थियौँ । बीचमा केही गडबड भयो । फेरि सँगसँगै आएका छौँ र सरकारले जनतामा उत्साह ल्याउने गरी राम्रो काम गरिरहेको छ”, मन्त्री महतले भने, “मलाई पूरा विश्वास छ, यो सरकारले पूरा समय परिणाम दिने गरी काम गर्नेछौँ ।”

उनले पूँजीगत रकमका आकार सानो भएकाले साना योजनामा रकमान्तर गर्न नसकेको स्वीकार गरे । तराई मधेसको कृषिको विकासका लागि सुनकोसी–मरिण डाइभर्सन र कमला सिँचाइ आयोजनालाई सरकारले उच्च महत्त्व दिएर लागिपरेको पनि उनले प्रष्ट पारे । 

समारोहमा मन्त्री महतले कार्यकर्तालाई कांग्रेसको संस्थागत निर्णयमा एकताबद्ध भएर लाग्न आह्वानसमेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप