कर्मचारी भनेको स्थायी सरकार हो : देउवा
काठमाडौँ । नेपाली कांग्रेस कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताएका छन् ।
कांग्रेसनिकट निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी पार्टी आउने–जाने हो । निर्वाचित सरकार एउटा हुन्छ, स्थायी सरकार एउटा हुन्छ । कर्मचारी भनेको स्थायी सरकार हो ।’
देशको विकास र समृद्धिका लागि निजामती कर्मचारी सशक्त बनेर काम गर्न लाग्नुपर्ने देउवाले बताए ।
‘देशको विकास र समृद्धिका लागि निजामती कर्मचारी सशक्त बनेर काम गर्न लाग्नुपर्छ । निजामती कर्मचारीलाई नेपाली कांग्रेसको साथ सहयोग रहने छ । तपाईहरु काम गर्नुहोस् ,’ उनले भने । कार्यक्रम उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकसेवा आयोगले समिति दिएको सात दिनमा सङ्घीय निजामती सेवा ऐन संसदमा दर्ता हुने बताए ।
सङ्घीय निजामती सेवा ऐन बनाउन ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको उपप्रधानमन्त्री खड्काको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण