'वैज्ञानिक वन व्यवस्थापन र सामुदायिक वनबीच द्वन्द्वको अवस्था आयो'
काठमाडौँ । नेकपा एमालेकी सांसद विमला घिमिरेले वैज्ञानिक वन व्यवस्थापन र सामुदायिक वनबीच द्वन्द्वको अवस्था आएको भन्दै यसको समाधान गर्नुपर्ने बताएकी छन् ।
शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले दुई वटा संस्थाबीच विवाद भएको भन्दै वन मन्त्रालयको ध्यानाकर्षण गराइन् । उनले सामुदायिक वन उपभोक्ता समूहकै कारण वन जंगलको संरक्षण भएको बताइन् ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले जलवायु परिवर्तनले कृषि प्रणाली र मानवलाई क्षति भएको बताए । उनले वन विनास हुनुमा र व्यापक रुपमा जलवायु परिवर्तन आउनुको कारण डढेलो पनि रहेको बताए ।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले हिमाल जोगाऔँ भन्ने मात्रै नभई अब पहाड जोगाऔँ भन्नुपर्ने बेला आएको बताए ।
गौतमले पहाड नजोगाउने हो भने हिमाल नजोगिने बताए । उनले हिमालसँगै पहाडले पनि क्षति पु¥याएको भन्दै वन जंगलको उचित तरीकाले संरक्षण गर्र्नुपर्ने बताए ।
गौतमले हिमाल, पहाड जोगाउन अमेरिका, युरोप, अष्ट्रेलिया, मरुभूमि भएको ठाउँमा नभई नेपालमा नै सम्मेलन गर्नुपर्ने आवश्यकता आँैल्याए ।
गौतमले हिमाल जोगाउन नसके सबैभन्दा नोक्सानी नेपाललाई हुने र दक्षिण एशिया, दक्षिण पूर्वी एशिया, चीन आदी देशसमेत प्रभावमा पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण