फेरि मलाई जन्मै नदे
बाउनका घरमा
मात्र मेरो बास हुने भए
हे ईश्वर दाया राखी
फेरि मलाई जन्मै नदे
न वारा, न मःम
न छोईला, न कचिला
न मुस्या, न चटामरी
न सेकुवा, न पचक्वाँ
न समयबजी, न अयला
खाली मोही र मकै
खानुपर्ने भए
हे ईश्वर दाया राखी
फेरि मलाई जन्मै नदे
न घोंघी, न ढिकरी
न बढिया, न शाकिने
न सिद्रा, न झिंगिया
न पकवा, न भक्का
न खँरिया, न महुवा
सधै घिरौंलाको तिहुनमा
चोख्यान हालेर खानुपर्ने भए
हे ईश्वर दाया राखी
फेरि मलाई जन्मै नदे
न कन्चम्पा, न सुकुटी
न झानेको, न साँदेको
न स्वादिलो, न तिख्खर
न ट्वाक्क, न मुखै रसाउने
न सितन, न च्वास्स
आचमान गरेर सुरुप सुरुप
झोलैसंग मात्र खानुपर्ने भए
बाउनका घरमा भुलेर पनि
फेरि मलाई जन्मै नदे
कहिले एकादशी
त कहिले औंसी पूर्णे
रोजै अनेक मिति र तिथी
कहिले घोर ग्रहण
सधै हविषे र सराद्धे
बाउनका घरमा
मात्र मेरो बास हुने भए
हे ईश्वर दया राखी
फेरि मलाई जन्मै नदे ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण