शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

शनिबार, ०२ भदौ २०८०, १६ : ३७
शनिबार, ०२ भदौ २०८०

काठमाडौं ।  देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । काठमाडौँ, मोरङ र रुपन्देहीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । 

शुक्रबार काठमाडौं महानगरपालिका–३२ कोटेश्वनरस्थित सडकमा बा.१७ च ९६९ नम्बरको हात्ती गाडीको ठक्करबाट पैदलयात्री कास्की घर भई काठमाडौं कोटेश्वर बस्ने ७६ वर्षीय पदम नाथ त्रिपाठीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल ग्वार्को ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै मोरङमा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । शुक्रबार उर्लाबारी नगरपालिका–३ सोल्टी पुलमा को १३ प ६१३० नम्बरको मोटरसाइकल मे १ ख २४२३ नम्बरको बसमा ठक्कर खाई दुर्घटना हुँदा चालक झापा कमल गाउँपालिका–१ बस्ने ४३ वर्षीय गोपाल प्रसाद पौडेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उता, रूपन्देहीमा पनि स्कुटर दुर्घटनामा परेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित सडकमा शुक्रबार राति लु ७६ प ७२११ नम्बरको मोटरसाइकल र लु ७५ प ६९२० नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक ५४ वर्षीय नबिन श्रीषको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते

भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रीष तिलोत्तमा नगरपालिका ६ पुरानो सडक निवासी हुन् ।  मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप