‘मेरो भ्वाइस युनिभर्स’ मा सिक्किमका प्रितम बने विजेता, जिते १ करोड

काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ मा सिक्किमका प्रितम राई विजेता बनेका छन् । शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा राई विजेता बनेका हुन् ।
विजेता बनेसँगै राईले नगद १ करोड पुरस्कार जितेका छन् । प्रतियोगितामा शिशिर थताल फस्ट रनरअप भएका छन । उनले नगद ३० लाख रुपैयाँ जितेका छन् । प्रतियोगितामा सरद हुमागाइँ सेकेन्ड रनर अप भएका छन् । उनले नगद २० लाख हात पारेका छन् । परेश राई थर्ड रनरअप भएका छन् ।
उनले ५ लाख ५० हजार पाएका छन् । फोर्थ रनर अप साईरान खाती भएका छन् । विजेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमा सभामुख देवराज घिमिरे लगायत मन्त्री र राजनीतिक दलका नेताहरु कार्यक्रम स्थलमा पुगेका थिए । संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?