बुटवल च्यारेटीमा रुचाइयो ‘काँडेतार’
काठमाडौँ । अभिनेता नवल खड्काको निर्देशन रहेको फिल्म ‘काँडेतार’को बुटवलमा च्यारेटी गरिएको छ । शनिवार भ्यु सिनेमाजमा आयोजित च्यारिटीमा लुम्बिनी प्रदेशका पूर्व सांसद दधिराम न्यौपाने, बुटवलका पूर्व मेयर शिवराज सुबेदी, तिलोत्तमाका उपमेयर जगेश्वर देवी चौधरी, जनप्रतिनिधिहरू व्यवसायी, सामाजिक अभियन्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी सबैले फिल्म राम्रो लागेको र उत्कृष्ट रहेको समेत प्रतिक्रिया दिए । नेपाल भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते र निधन भएका सुरक्षाकर्मीको परिवारलाई सहयोग गर्ने उद्देश्यले फिल्मको च्यारेटी गरिएको हो ।
‘हाम्रो देशको सीमा रक्षा क्रममा धेरै सहिद भएका छन् । उनीहरूको परिवारलाई केही राहत होस् भनेर फिल्मको च्यारेटी गरिएको हो’ निर्देशक नवलले भने । काठमाडौँ, बुटवल लगायत अहिलेसम्म देशको ४ प्रमुख शहरमा फिल्मको च्यारेटी भैसकेको छ ।
आगामी फागुन २४ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने फिल्मले नेपाल भारतको सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने कथामा बनेको हो । फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बालकलाकारहरु नादिया खड्का, सनया खड्का लगायतको अभिनय छ ।
फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । किको राई, अञ्जु केसी र नवल खड्का निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् । ‘काँडेतार’ मा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
-
कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण