‘जय हो’ सेन्सर पास
काठमाडौंँ । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म ‘जय हो’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोडले फिल्मलाई सबै हेर्न मिल्ने युनिभर्सल प्रमाण पत्र दिदै सेन्सर पास गरेको हो । सेन्सरका क्रममा फिल्मलाई सेन्सर बोर्डका प्रतिनिधिले राम्रो प्रतिक्रिया समेत दिएको निर्माता शोभित बस्नेतले बताए ।
टेक पौरखी राईको निर्देशन रहेको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय छ । फिल्म सुरज ल्वागन (सरकार) र राज के अधिकारीले बनाएका हुन् ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।
अगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण