‘ऐँचो पैँचो’मा अनुभव उतारेकी छु : कृषा चौलागाईं
काठमाडौंँ । फिल्म निर्देशक कृषा चौलागाईंले निर्माताको रुपमा आफुले सिकेको कुरा फिल्म ‘ऐँचो पैँचो’मा निर्देशन मार्फत पोखेको बताएकी छन् । पहिले पहिले फिल्म निर्माणको क्रममा निर्देशक काममा समेत ध्यान दिने गरेकोले अहिले निर्देशकको रुपमा देखिन आफुलाई सजिलो भएको उनको भनाई छ ।
‘म वास्तवमा प्रोडुसर हुँदा पनि कुर्सीमा बसेर दिन बिताउदिन थिए । निर्देशकले कुन सट कसरी लिन्छन् लगायतका काम नियाल्थे’, उनले भनिन् ‘त्यसैले आफूले यसपटक आफैँ किन निर्देशन नगरौँ भनेर होमिएकी हुँ ।’ उनले ‘ऐँचो पैँचो’ निर्देशनमा डेब्यु फिल्म भएपनि राम्रो गरेको दाबी गरिन् ।
कृषाले आफुले फिल्म राम्रो कथामा बनाएपनि सबैले मनपराउछन् भन्ने अपेक्षा भने गरेकी छैनन् । किनभने फिल्म निर्माणका क्रममा एकजनाको रोजाइको कथा लाखौं र करोडौंमा जाने भएकाले त्यससँग सबै सहमत हुन्छन् भनेर अपेक्षा राख्न गलत हो । कृषाले यो कुरो राम्ररी बुझेकी छन् । तर ‘ऐँचो पैँचो’ धेरै दर्शकले मनपाउने फिल्म आपुले बनाएको उनी बताउँछिन् ।
‘‘ऐँचो पैँचो’ सक्सेस भएपनि, नभए पनि फेरि अर्काे प्रयास गर्छु’, उनले थपिन् ‘फिल्म सक्सेस हुन्छ अथवा हुँदैन दर्शकको हातमा छ । निर्देशनको रुपमा भने म सफल हुन्छु ।’
केही फिल्मको अभिनय र निर्माण पछि निर्देशनमा होमिएकी कृषा निर्देशित फिल्म ‘ऐँचो पैँचो’मा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।
अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सत्यम राणको भिएफएक्स, रहेको फिल्म केपी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने र सह–निर्माता विशाल चौलागाईं रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण