शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दुई दिन थपियो ‘ट्रान्जिट’को मञ्चन

आइतबार, ०३ भदौ २०८०, १२ : ३५
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । नाटक ‘ट्रान्जिट’ आइतबार र सोमबार पनि मञ्चन हुने भएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक महिना चलेको नाटक दर्शकको अनुरोधमा दुई दिन (आइतबार र सोमबार) थप गरिएको हो । निर्देशक घिमिरे युवराजले दर्शकको मागलाई सम्बोधन गर्दै दुई दिन नाटक मञ्चन थपिएको जानकारी दिए ।

‘ट्रान्जिट’का लेखक कुमार नगरकोटी हुन् । रङ्गकर्मी घिमिरे युवराजको निर्देशन रहेको नाटकमा दिव्यदेव, आकांक्षा कार्की, वासना तिमल्सिना, शिल्पा मास्के, घिमिरे युवराजलगायतको अभिनय रहने छ । 

अभिनेत्री शिल्पाले यसै नाटक मार्फत नाटक अभिनय डेब्यु गरेकी हुन् । शिल्पाले थुप्रै फिल्म अभिनय गरेकी छन् । नाटकका मुख्य पात्रहरू एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथामा आधारित छ । नाटकमा भूतकाल र भविष्य कालको ट्रान्जिटको रूपमा वर्तमानलाई मञ्चन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप