शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

छात्रवृत्ति पाएका विद्यार्थीसँग कुनै शुल्क लिए महानगरले कारबाही गर्ने

मङ्गलबार, ०५ भदौ २०८०, १८ : २२
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ महानगरपालिकाले  कक्षा ११ र १२ मा यस शैक्षिक सत्रका लागि अध्ययन छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ ।
 
कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा स्थान अभावका कारण देखाएर भर्ना लिन आनाकानी गरेको भन्ने गुनासोका सन्दर्भमा महानगरपालिकाको शिक्षा विभागले सुनुवाइ र सम्बोधन गरेको हो ।

 विभागले यही भदौ १ गते पत्र पठाइ कक्षा ११ र १२ सञ्चालन गरिरहेका निजी (संस्थागत) विद्यालयका सञ्चालनकलाई बोलाइ कुनै छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई भर्ना नलिएमा, शुल्क लिएमा वा मानसिक यातना दिएमा कारबाही गर्ने जनाउ पनि दिइसकेकोे छ ।

सो सम्बन्धि गुनासो सम्बोधन भएको र अझै बाँकी रहेमा महानगरपालिकामा सम्पर्क गर्न आग्रह पनि गरिएको छ ।

 महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले गत साउन २० गते छात्रवृत्ति परीक्षामा सम्मिलित भई म्याचिङ प्रणालीबाट योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई सम्बन्धित शिक्षण संस्थामा भर्ना गरी जानकारी गराउन पनि पत्राचार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप