शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लोडसेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास प्रधानमन्त्री प्रचण्डबाट सुरु भएको हो : घिसिङ

मङ्गलबार, ०५ भदौ २०८०, १८ : ५०
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सम्भव भएको बताएका छन् ।  

मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले मुलुकमा लोडसेडिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत् क्षेत्रको विकासमा प्रधानमन्त्रीको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको बताए । उनले १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको बताए । उनले प्राधिकरणले उक्त परियोजना देशको समृद्धिमा ठूलो योगदान पु¥याउने गरी काम गर्ने बताए ।

घिसिङले नेपालको विद्युतीय क्षेत्र धेरै अगाडि बढेको बताए । उनले अहिले सयौं सबस्टेशन र विद्युत् उत्पादन परियोजनाहरु बनिरहेको बताए । उनले अब केही समयमा धेरै सबस्टेशनहरु र हाइड्रोपावरहरु उद्घाटन हुने क्रममा रहेको बताए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप