लोडसेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास प्रधानमन्त्री प्रचण्डबाट सुरु भएको हो : घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सम्भव भएको बताएका छन् ।
मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले मुलुकमा लोडसेडिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत् क्षेत्रको विकासमा प्रधानमन्त्रीको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको बताए । उनले १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको बताए । उनले प्राधिकरणले उक्त परियोजना देशको समृद्धिमा ठूलो योगदान पु¥याउने गरी काम गर्ने बताए ।
घिसिङले नेपालको विद्युतीय क्षेत्र धेरै अगाडि बढेको बताए । उनले अहिले सयौं सबस्टेशन र विद्युत् उत्पादन परियोजनाहरु बनिरहेको बताए । उनले अब केही समयमा धेरै सबस्टेशनहरु र हाइड्रोपावरहरु उद्घाटन हुने क्रममा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण