कडा सुरक्षाबीच होटल पुर्याएको नेपाली टोलीले कराँचीमा बिहीबारदेखि अभ्यास गर्ने
काठमाडौँ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली टोली पाकिस्तानको कराँची पुगेको छ । एसिया कपका लागि मुल्तान प्रस्थान गर्नुअघि नेपाली टोलीले कराँचीमा केही दिन अभ्यास गर्नेछ ।
नेपाली टोलीलाई विमानस्थलबाट कडा सुरक्षाबीच होटल पुर्याइएको जियोसुपर टेलिभिजनले जनाएको छ । नेपाली टोलीलाई कडा सुरक्षा व्यवस्थाबीच विमानस्थलबाट होटलतर्फ लैजाँदै गरेको भिडियो पनि उक्त टेलिभिजनले प्रसारण गरेको छ ।
एसिया कपमा नेपाली टोलीले आफ्नो पहिलो खेल अगस्त ३० तारिखमा आयोजक राष्ट्र पाकिस्तानसँग खेल्नेछ । उक्त खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा खेलिने छ । मुल्तान प्रस्थान गर्नुअघि नेपाली टोलीले कराँचीमा केही दिन अभ्यास गर्नेछ भने स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्नेछ ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले बिहीबारदेखि कराँचीस्थित नेशनल बैंक रंगशालामा अभ्यास गर्नेछ । स्थानीय टोलीसँग अभ्यास खेल खेलेर नेपाली टोली अगस्त २७ मा एसिया कपको उद्घाटन खेल खेल्न मुल्तान प्रस्थान गर्नेछ ।
एसिया कपमा नेपाली टोली समूह ‘ए’ मा परेको छ । उक्त समूहमा नेपाल र पाकिस्तानका अतिरिक्त भारत पनि रहेको छ । नेपालले भारतसँगको खेल भने श्रीलंकाको केन्डीमा खेल्नेछ । उक्त खेल सेप्टेम्बर ४ तारिखमा खेलिने छ । त्यसअघि सेप्टेम्बर २ तारिखमा श्रीलंकाको केन्डीमै भारत र पाकिस्तानबीच भिडन्त हुनेछ । एसिया कपको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
एसिया कपका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् । तर, प्रभावशाली स्पिनर सन्दीप लामिछाने भने टोलीका अन्य खेलाडीसँग पाकिस्तान गएका छैनन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण