दिल्लीमा भाजपा नेता चौथाइबालासँग सीके राउतको भेटवार्ता
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बुधबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालासँग भेटवार्ता गरेका छन् ।
दिल्लीमा रहेका अध्यक्ष राउतले भारतीय जनता पार्टीको कार्यालयमा गएर उनीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देश बीचको सम्बन्धलाई कसरी थप मजबुत बनाउने तथा पार्टी–पार्टी बीचको सम्बन्धलाई अझ बलियो बनाउने भन्ने विषयमा कुराकानी भएको राउतसँग भ्रमणमा रहेका उपाध्यक्ष दीपक साहले जानकारी दिए ।
उनले भने, ‘यो अफिसियल भिजिट हो, दुई देशको सम्बन्धका साथै पार्टी–पार्टी बीचको सम्बन्धलाई अझै बलियो कसरी बनाउने भन्ने विषयमा कुराकानी भएको हो ।’ नेपाल–भारतको सम्बन्ध जनस्तरमा रहेकाले त्यसलाई अझै बलियो बनाउन दुवै पार्टीले आआफ्नो ठाउँबाट काम गर्ने विषयमा पनि कुराकानी भएको उनको भनाइ थियो ।
विदेश विभाग प्रमुख चौथाइबालेबाहेक अरु कसैसँग औपचारिक भेटघाट नरहेको बताउँदै उनले पार्टी निकट व्यक्तिहरूसँग भेटघाट गरी भोलि नेपाल फर्किने बताए ।
यसअघि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी चलिरहेको बेला उनी जेठ १३ गते दिल्ली पुगेका थिए । त्यति बेला पनि चौथाइवालासँग भेटघाट गरेर फर्केका थिए ।
पछिल्लो समय जनमत पार्टीले भारतीय पक्षसँग सम्बन्ध बलियो बनाएको बताइएको छ ।
सङ्घीय सरकारदेखि मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टी सङ्घीय सरकारमा एउटा मन्त्रालय पाएको छ । पछिल्लो राजनीतिमा जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण