चन्द्रयानको सफल अवतरणपछि पूर्वराष्ट्रपतिद्वारा भारतलाई बधाई
बुधबार, ०६ भदौ २०८०, २१ : ०१

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएकी छन् ।
चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत बधाई दिएकी हुन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ ।
पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, “चन्द्रयान–३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा आज अवतरण गरेर हाम्रो मित्रराष्ट्र भारतलाई ऐतिहासिक सफलता हासिल गरेको छ । यस मिसनको सफलताका लागि इसरोका वैज्ञानिक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र समस्त भारतीय जनता सबैलाई हार्दिक बधाई दिन चाहन्छु, मित्रराष्ट्रको ऐतिहासिक सफलतामा नेपाल र सम्पूर्ण नेपाली जनता पनि अत्यन्त हर्षित छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै