नेपालको पूर्वाधार विकासमा साउदीको चासो, मन्त्री ज्वालासँग छलफल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच पूर्वाधार विकास र आयोजना साझेदारीका विषयमा छलफल भएको छ । बुधवार भएको भेटवार्तामा मन्त्री ज्वालाले साउदी अरब रोजगारीको गन्तव्य भएको बताउँदै अब भौतिक पूर्वाधार र यातायातका क्षेत्रमा पनि साझेदारी गर्नुपर्ने बताए ।
“साउदीमा नेपालीको श्रमले ठूलो भौतिक विकास भएको छ, त्यहाँको स्रोत, साधन र प्रविधि नेपालको भौतिक विकासमा आवश्यक छ”, मन्त्री ज्वालाले भने, “साउदी अरबमा करिब चार लाख नेपाली कामदारले श्रम गरिरहेका छन् । उनीहरूले पनि केही दक्षता पाएकै छन्, त्यो दक्षता भौतिक विकासमा लगाउन हामी तयार छाै, त्यसका लागि साउदी सरकारको सहयोग हामीलाई आवश्यक छ ।”
साउदी सरकारले साउदी विकास कोषमार्फत नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गरेको भन्दै मन्त्री ज्वालाले विकास परियोजना बढाउन आग्रह गरे । “नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुँदैछ, त्यसका लागि विकासलाई तीव्रता र दिगोपना सुनिश्चित गर्न पूर्वाधार क्षेत्रमा थप लगानी र सहायता आवश्यक छ”, मन्त्री ज्वालाले भने ।
साउदी राजदूत हमिदले नेपालको पूर्वाधार तथा यातायातका क्षेत्रमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए । “पूर्वाधार विकासमा साझेदारी गर्न हाम्रो देश तयार छ, तर त्यसका लागि ठोस प्रस्ताव नेपाल सरकारले दिनुपर्यो”, राजदूत हमिदले भने । साउदी अरेबियाले वर्ल्ड एक्पो, २०३० आयोजना गर्नका लागि उम्मेदवारी दिएको छ ।
साउदीसँगै दक्षिण कोरिया र इटालीले पनि आयोजनाका लागि उम्मेदवारी दिएका छन् । तर नेपालले साउदी अरबलाई सहयोग गर्ने निर्णय गरिसकेको मन्त्री ज्वालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण