वडा सदस्यको निधनपछि रोहणी गाउँपालिकामा बिदा
बिहीबार, ०७ भदौ २०८०, १२ : १९
बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ की सदस्य विद्यादेवी धवलको निधन भएको शोकमा गाउँपालिकामा बिदा दिइएको छ ।
रोहिणी गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरूमा बिहीबार एक दिनका लागि शोक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताएका हुन् ।
मुटुसम्बन्धी रोगबाट पीडित भई उपचार गराइरहेकी ५३ वर्षीया धवलको बुधबार राति रोहिणी–४ स्थित आफ्नै घरमा निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर क्षेत्रीले जानकारी दिए ।
धवल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दोस्रो पटक वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण