प्राविधिक स्वास्थ्यकर्मीभन्दा बाहिरका व्यक्ति नियुक्तिप्रति जनस्वास्थ्य संघको आपत्ति
काठमाडौँ । नेपाल जनस्वास्थ्य संघले स्वास्थ्य प्राविधिक जनशक्ति नियुक्ति गर्दा जनस्वास्थ्य क्षेत्रको गाम्भीर्यतालाई बुझेर अघि बढ्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
संघले बिहीबार विज्ञप्ति जारी गरी सम्बन्धित विषय विज्ञलाई मात्र नियुक्ति गरी स्वास्थ्य क्षेत्रको गुणस्तर कायम गर्न सम्पूर्ण निकायहरुलाई आग्रह गरेको हो ।
विभिन्न दातृनिकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुले जनस्वास्थ्य क्षेत्रहरूमा पदपूर्ति गर्दा प्राविधिक स्वास्थ्यकर्मी बाहेकका व्यक्ति नियुक्ति गर्ने गरिएको भन्दै संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुले जनस्वास्थ्य क्षेत्रहरूमा पदपूर्ति गर्दा नेपालको विद्यमान कानूनको उल्लंघन हुने गरी जिम्मेवारीमा समेत जनस्वास्थ्यकर्मीहरु नियुक्त नगर्ने मनसायले न्यूनतम योग्यतामा स्वास्थ्य सेवा बाहेकका विषयहरुलाई समेत समावेश गर्ने तथा उक्त जिम्मेवारीमा प्राविधिक स्वास्थ्यकर्मी बाहेकका व्यक्ति नियुक्ति गर्ने गरेकोमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ संघका अध्यक्ष वसन्त अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, नेपालको कानुन बमोजिम जनस्वास्थ्यकर्मीहरूको सबै प्रकारका विज्ञापन र नियुक्ति गर्दा अनुगमन गर्न अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा तत्काल निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड
-
पढ्यौँ, बढ्यौँ तर समाजसँग जोडिएनौँ
-
मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
-
घरको नक्सा पास गर्ने र सम्पन्न प्रमाणपत्र दिने प्राविधिक एउटै हुन नपाउने, स्थानीय तहलाई परिपत्र
-
नीलो ध्वजा पताकाले सजियो भरतपुर (तस्बिरहरू)
-
झापामा दुई सय ८५ जनालाई रोजगारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण