सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव अख्तियारको नियन्त्रणमा
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई नियन्त्रणमा लिएको छ । अख्तियारको इटहरी कार्यालयले उनलाई बुधबार नियन्त्रणमा लिएको हो ।
साउन ३१ गते घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको आधारमा अध्यक्ष यादवलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
अख्तियारले नियन्त्रणमा लिएर इटहरी लगेका अध्यक्ष यादव बिरामी भएपछि काठमाडौँ लगिएको छ ।
साउन ३१ गते गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादव राजविराजको त्रिभुवन चोकबाट २ लाख रुपैयाँ नगद र ३ लाखको चेकसहित अख्तियारले नियन्त्रणमा लिएको थियो ।
उनीहरुले पालिका अध्यक्ष यादवको सल्लाहमै घुस लिएको बयान दिएको बताइएको छ । सोही बयानको आधारमा पालिका अध्यक्ष यादवलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण