सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव अख्तियारको नियन्त्रणमा

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई नियन्त्रणमा लिएको छ । अख्तियारको इटहरी कार्यालयले उनलाई बुधबार नियन्त्रणमा लिएको हो ।
साउन ३१ गते घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको आधारमा अध्यक्ष यादवलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
अख्तियारले नियन्त्रणमा लिएर इटहरी लगेका अध्यक्ष यादव बिरामी भएपछि काठमाडौँ लगिएको छ ।
साउन ३१ गते गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादव राजविराजको त्रिभुवन चोकबाट २ लाख रुपैयाँ नगद र ३ लाखको चेकसहित अख्तियारले नियन्त्रणमा लिएको थियो ।
उनीहरुले पालिका अध्यक्ष यादवको सल्लाहमै घुस लिएको बयान दिएको बताइएको छ । सोही बयानको आधारमा पालिका अध्यक्ष यादवलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने