प्रशिक्षण प्रतिष्ठानमा नवनियुक्त मन्त्रीको अवलोकन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले सात सय ५३ वटै स्थानीय तहमा वैज्ञानिक तरीकाले प्रशिक्षण सञ्चालन गरिनु आवश्यक रहेको बताएकी छिन् । सो कार्यका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको जिकिर छ ।
मन्त्री नियुक्ति भएपछि मन्त्रालय अन्तर्गतका प्रतिष्ठानको अवलोकन भ्रमणका क्रममा मन्त्रीले उक्त धारणा राखेकी हुन् ।
प्रतिष्ठानको समग्र पक्षको बारेमा अध्ययन गरी वृत्ति विकासको समस्या पनि आगामी दिनमा हल गर्नतिर लाग्ने पनि उनले बताइन् ।
सो अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले दक्ष जनशक्ति हुँदा हुँदै पनि श्रोत साधनको अभावमा ७ सय ५३ वटै स्थानीय तहमा प्रतिष्ठान पुग्न नसकेको जानकारी दिएका थिए । क्षमता विकासका कार्यक्रम प्रतिष्ठानवाट एकद्वार प्रणालीबाट हुनुपर्ने उनको भनाई थियो ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान स्थानीय तहको जनप्रतिनिधि तथा कर्मचारीहको क्षमता विकास गर्ने उद्देश्यले वि सं २०५० सालमा स्थापना भएको हो । हाल प्रतिष्ठान अन्तर्गतका सातवटा प्रशिक्षण केन्द्रहरु सातवटै प्रदेशमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण